दफा
अन्त:शुल्क लाग्ने वस्तु-वा सेवाको मूल्य निर्धारण
(१) नेपालभित्र उत्पादन हुने कुनै वस्तु वा सेवामा मूल्यको आधारमा अन्त:शुल्क लाग्ने भएमा देहाय बमोजिमको मूल्यलाई आधार मानी अन्त:शुल्क लगाइनेछ:-

(क) उत्पादकले अन्त:शुल्क लाग्ने वस्तु बिक्री गर्दा निर्धारण गरेको कारखाना मूल्य

(ख) सेवाको हकमा सेवा बिक्री गर्दाको मूल्य वा

(ग) विभागले उत्पादन लागत वा अन्य उपयुक्त आधारमा तोकी दिएको मूल्य ।

(२) नेपालभित्र पैठारी हुने वस्तुको सम्बन्धमा त्यस्तो वस्तुमा भन्सार महसुल लिने प्रयोजनको लागि निर्धारण गरिएको मूल्यमा भन्सार महसुल समेत थप गरी कायम हुन आएको मूल्यमा अन्त:शुल्क लगाइनेछ ।

(३) सेवामा बीजक बमोजिम मूल्य निर्धारण गरी अन्त:शुल्क असुल उपर गरिनेछ ।

(४) अन्त:शुल्क अधिकृतले अन्त:शुल्क असुल उपर गर्ने प्रयोजनको लागि आवश्यकतानुसार पुनः मूल्य निर्धारण वा अतिरिक्त मूल्य निर्धारण गर्न सक्नेछ ।